Make your own free website on Tripod.com

Tamu PyeLhu Sangh - UK Branch

Welcome graphic

Main Site

TPLS HK

बेलायतमा बसोबास गर्ने तमुहरुको हकहित र जातीय धार्मिक सांस्कृतिक जानकारी गराउन तथा प्रचार प्रसार गर्ने उद्देश्यले मार्च १९ २००५ मा प्ये ताँ ल्हु ताँसम्बन्धी एक गोष्ठी सम्पन्न भयो । उक्त गोष्ठीले बेलायतजस्तो Multicultural देशमा विश्वको सबैभन्दा पुरानो इतिहास भएको हाम्रो तमु प्ये ताँ ल्हु ताँको संरक्षण र सम्बद्र्धन गर्न तमु प्ये ल्हु संघ केन्द्रीय समिति पोखरा नेपालसँग अनुमति लिई अक्टोवर २, २००५ मा २३ सदस्यीय कार्यसमिति चयन गरियो ।

Our Mission

स्थापना कालदेखि बेलायतजस्तो अति व्यस्त शहरमा सन् १९९२ देखि क्याम्ब्रिज विश्वविद्यालयमा तमु प्ये ताँ ल्हु ताँसम्बन्धी सोंध कार्य गर्दै आएका यारजङ क्रोम्छें तमु, केन्द्रीय संस्थापक बालिसंङ क्रोम्छें तमु र भू.पू. केन्द्रीय अध्यक्ष भुवनिसंङ च्हाक्ली तमुको विशेष निर्देशन सल्लाह र सुझावबाट शाखा स्थापना गर्न सफल भएको हो । संस्था स्थापना भएपछि उनीहरुकै मार्ग निर्देशनबमोजिम सन् २००५ डिसेम्बर ३० तारिका दिन ल्होसार पर्व विधिपूर्वक मनाइयो । उक्त कार्यक्रममा तमु प्ये ल्हु संघ बेलायत शाखाको कार्यसमितिको अथक प्रयासबाट सम्पूर्ण बेलायतबासी तमुहरुलाई एकत्रित गरी ल्होसार पर्व मनाउन सफल भयो । यसै गरी यस वर्ष पनि डिसेम्बर ३० का दिनलाई नै विविध कार्यक्रमसहित निरन्तर दिने निर्णय गरेको छ ।

त्यसैगरी बेलायत शाखाले शाखाका सल्लाहकार यारजङ क्रोम्छे तमुको सल्लाहअनुसार साउने सक्रान्तिको दिनलाई क्ह्वोइडुलु मार पर्व पनि सफलतापूर्वक मनाउन पाँउदा यहाँस्थिति तमु प्ये ताँ ल्हु ताँमार्गीहरुको मन हर्षले गदगद भएको थियो ।

बेलायतको भूमिमा तमु प्ये ल्हु संघको नीति र आचरणलाई बलियो बनाउन र समय अनुकूल चल्न बेलायत शाखा कटिबद्ध रहेको छ । यसको लागि प्ये ल्हु संघ केन्द्रीय समिति पोखराबाट आवश्यक निर्देशन तथा सल्लाह सदा पाइरहेको कुरा सबैलाई अवगत गराउँदछौं । बेलायत शाखाको क्रियाकलापबाट तमु जातिको इतिहास मूल्य र मान्यता बुझ्न विश्वभरका मानिसहरुलाई सहज बनाएको छ ।

आफ्नै प्राकृतिक बोन धर्मको अनुसरण गर्ने क्रममा बेलायतसँग अन्य संघसंस्थाहरुको मित्रता प्रगाढ बन्दै गएको छ । एक बर्षको छोटो अवधिमा तमु प्ये ताँ ल्हु ताँको विकास गर्न र अन्य संघ संस्थाहरुसँग सम्बन्ध जोड्न सक्नुले तमु जातीको इतिहास विकास मात्र नभएर मानव जातीको विकासमा हाम्रो जातीय धर्म संस्कार भाषा भेषभूषाको जानकारी गराउन बेलायत शाखा सक्षम भएको छ । यस्तो प्रकृया सम्पूर्ण शाखाहरु साथै नेपालको जिल्ला अञ्‍चल स्तरीय र विदेशमा समेत विस्तार हुनुपर्ने आवश्यकता महसुस सर्वत्र गरिएको छ ।

यसै बर्ष केन्द्रीय कार्यालयमा तमु खेगी पाठशाला स्थापना भएको खबरले केन्द्रको लक्ष्य र कर्तब्य केही हदसम्म पूरा हुँदैछ । यो लक्ष्यलाई सफल बनाउन स्यार्लो तमु प्ये ल्हु संघ काठमाडौंको ठूलो योगदान रहेको देखिन्छ । उक्त पाठशालाको लागि बेलायत शाखाले पनि निरन्तर सहयोग गर्ने योजना बनाएको छ । जस्तैः केन्द्रमा पाठशाला पढाउने काम शुरु भएपछि सहयोग गर्ने भनी यहाँस्थिति सदस्यहरुबाट प्रति व्यक्ति मासिक ५ पाउण्ड आर्थिक संकलन गर्ने कार्य प्रारम्भ भैसकेको छ । यसलाई निरन्तरता दिन सबै कार्यकर्ताहरु कट्टिबद्ध छन् । स्थापना कालबाट शाखाले तमुहरुको भौतिक र बौद्धिक विकासको लागि प्राथमिकतासाथ कार्यक्रम बनाउँदै आएको छ । यस क्रममा बेलायत शाखामा विद्युतीय माध्यामको साहारा लिई केन्द्रीय कार्यक्रमहरुलाई वेवसाइटमार्फत विश्वमा परिचय गराउन सफल भएको छ । यसमा प्रेम च्ह्याक्ली तमुको महत्वपूर्ण देन छ । बेलायत शाखाद्वारा गरिने कार्यक्रमको लागि अर्थ संकलनमा विशेषगरी जगत प्हच्यु तमु नाचगानमा तेज तमु विकास तमु ज्योति तमुको ठूलो सहयोग रहेको छ । त्यसै गरी कार्यक्रम सफल पार्न सल्लाहकारहरु धार्मिक गुरुहरु लगायत यू. के. तमु प्ये ल्हु संघ शाखाका कार्यसमितिलगायत सम्पूर्ण बेलायतबासी तमुहरुको उत्तिकै योगदान रहेको छ । हाल बेलायतको जुनैसुकै पनि ठाउँमा तमुहरुको जनघनत्व बढी भइसकेको छ । त्यस ठाउँमासमेत उपशाखाहरु खोल्ने प्रयास यस शाखाबाट भइरहेको छ । जस्तै Aldershot, Farnborough, Reading, Besingstoke, Dover, London, Nuneaton, Wales आदि ठाउँहरुमा प्रतिनिधि खटाइ इकाई समिति गठन गर्ने लक्ष्य राखेका छौं । भविष्यमा बेलायतमा पनि क्होइबो घर निर्माण गर्ने लक्ष्य यस शाखाले लिएको छ ।

Becoming a Member

Life Membership
Family = £300
Single = £200

People shouting at the world over megaphones; Size=240 pixels wide

Organization News

बेलायतबाट नेपालको तमु भूमिमा विभिन्न प्रकारका प्रोजेक्ट जुटाउनेतर्फ पनि यस संस्था प्रयासरत छ । जसमा तमु ऐतिहासिक स्थलहरुलाई राष्ट्रिय संरक्षण स्थलमा पुर्‍याउन विदेशी पर्यटक तथा सहयोग दातालाई तमु धार्मिक स्थलहरुको बारेमा अवगत गराइ अर्थ संकलन गर्ने कार्यको लागि केन्द्रीय समितिको केही व्यक्तित्वसँग विचारविमर्श भइरहेको छ । यसबारे अन्य शाखाहरुसँग पनि सहयोगको अपेक्षा राख्दछु ।
You can visit the main site:
------------------------
TAMU PYE LHU SANGH UK
presents
ANNUAL EVENT - SUMMER PROGRAM

ON
SATURDAY, 30 JUNE 2007

Venue:

Kings International College
Watchetts Drive
Camberley
Surrey
GU15 2PQ

Schedules of the Day

11:00am - 12:00noon - Welcome & Refreshments
12:00noon - 12:30pm - Welcome & Highlights of the Rituals
12:45pm - 2:00pm - Yopriñ Tehñ - Rituals Ceremony
2:00pm - 3:00pm - Guests Speeches
4:00pm - Entertainments
8.00pm - The End


Note: The BBQs starts at 1.00pm running concurrently with other activities. Everyone should be encouraged to be at the Speeches and Rituals except those engaged to carry out the essentials roles.
 

Questions or comments? Get in touch with us at:

uk@tamu-pyelhu.org

Mailing Address:

1 Buckland Close
Farnborough, Hants
GU14 8DH, UK

Phone: Tel: +(44) 1252 1651431